शुक्रबार, मंसिर ६, २०७६
    कला-सौन्दर्य

    बलिउड

    जब भारतीय मिडियाले प्रियंका कार्कीलाई प्रियंका चोपडासँग दाँजे ...

    शुक्रबार, २४ असोज २०७६, आहाखबर

    काठमाडौं, २४ असोज

    नेपाली अभिनेत्री प्रियंका कार्कीलाई बलिउड अभिनेत्री प्रियंका चोपडासँग दाँजिएको छ। भारतीय सञ्चारमाध्यम आजतकले उनी बोल्डनेस र ट्यालेन्टबाट अभिनेत्री चोपडासँग दाँजिने गरेको बताएको हो।

    आजतक लेख्छ,'फिल्ममा लगभग ७ वर्षदेखि काम गरिरहेकी कार्कीले राम्रो पहिचान बनाइसकेकी छिन्। उनको तुलना बलिउड अभिनेत्री प्रियंका चोपडासँग हुने गर्छ।'

    कार्की प्रियंका पढाइमा पनि अब्बल रहेको उल्लेख गर्दै उनलाई चोपडा जस्तै ब्युटी विथ ब्रेन भनिने जनाएको छ। उनले मिस टिन नेपाल जितेको बताउँदै टिभी कार्यक्रम प्रस्तोताका रुपमा करियर थालनी गरेको लेखेको छ।

    अमेरिकामा पढाइ पूरा गरेकी कार्की ब्युटी पेजेन्ट विजेता, भिजे, गायिका, कोरियोग्राफर र मोडेल भइसकेकी उनी फोलियो म्यागजिनका अनुसार नेपालकी चौथी सेक्सिएस्ट महिला चुनिएको बताइएको छ।

    उनी कन्ट्रोभर्सीमा समेत फस्ने गरेको उल्लेख गरिएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast