आईतवार, जेष्ठ १८, २०७७
    अावास-निर्माण

    शिवपुरी राष्ट्रिय निकुञ्जमा बाघको मूर्ति निर्माण गरिने

    शुक्रबार, २४ असोज २०७६, आहाखबर

    भक्तपुर, २४ असोज

    काठमाडौँ उपत्यकाको पूर्वी उत्तरी क्षेत्र गोकर्णेश्वरको शिवपुरी राष्ट्रिय निकुञ्जमा एक हजार किलोको अष्टधातुको बाघको मूर्ति निर्माण गरिनेभएको छ । नेपाल पर्यटन वर्ष, २०२० लाई लक्ष्य गरी गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल उख्रेनी देउरालीस्थित बागद्वारमा बाघको मूर्ति निर्माण गर्न लागिएको हो । 

    प्रदेश नं ३ भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विनियोजित रु १० लाख तथा स्थानीयवासीले प्रदान गरेको धातुबाट बाघको मूर्ति निर्माण गर्न लागिएको प्रदेशसभा सदस्य रामेश्वर फुँयालले जानकारी दिनुभयो । उक्त मूर्तिको आगामी २०७७ वैशाख १ गते उद्घाटन गरिने उहाँले बताउनुभयो । सो ठाउँमा डमरुको मूर्तिसमेत निर्माण गरिनेछ । 

    मूर्ति निर्माणका लागि फुँयालको नेतृत्वमा धातु सङ्कलन अभियान सञ्चालन गरिएको छ । “हालसम्म सात सय किलो धातु सङ्कलन भएको छ”, सांसद फुँयालले भन्नुभयो, “वाग्मतीको उद्गमस्थल बागद्वारमा मूर्ति निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य छ ।”

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast