सोमबार, असोज २७, २०७६
    खेल संसार

    नयाँ टी २० वरीयतामा नेपालका पाँच बलर समावेश !

    शुक्रबार, २४ असोज २०७६, आहाखबर

    काठमाडौँ, २४ असोज

    आइसिसीले जारी गरेको नयाँ टी २० वरीयतामा नेपालका ५ जना बलर समावेश भएका छन्।

    यसअघि सोमपाल कामी र वसन्त रेग्मीमात्र वरीयतामा समावेश भएकोमा योपटक सन्दीप लामिछाने, करण केसी र अभिनाश बोहोरा पनि वरीयतामा समावेश भएका हुन्।

    वरीयताक्रम अनुसार सन्दीप नेपाली बलरमध्ये सबैभन्दा माथि छन्। उनले ४२२ रेटिङ पाउँदै ६४औं स्थानमा रहेका छन्। त्यस्तै ४०९ रेटिङ पाएका सोमपाल कामी ६८ औँ स्थानमा छन्।

    पहिलोपटक टी २० वरीयतामा समावेश भएका करणले ३७७ रेटिङ सहित ८३ औं स्थानमा छन् भने अभिनाश ३५२ रेटिङ सहित १००औं स्थानमा  छन्। 

    वसन्त यसअघिभन्दा वरीयतामा पछि परेका छन्। 

    ब्याटिङतर्फ कप्तान पारस खड्का ४५औँ स्थानमा छन्। अलराउन्डरतर्फ पनि १०८ रेटिङ पाउँदै खड्का २४औँ स्थानमा छन्। त्यस्तै ५९ रेटिङ पाएका साेमपाल अलराउन्डरतर्फ ६०औँ स्थानमा छन्।

    पहिलाेपटक वरीयतामा समावेश भएका करण केसीले बलिङसँगै अलराउन्डरमा पनि स्थान बनाएका छन्। उनले ४२ रेटिङ पाउँदै ७७ औँ स्थान पाएका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast