आईतवार, कार्तिक ३, २०७६
    राज्य-समाज

    समाजवादी र राजपाबीच एकतामा जोड दिनुपर्छ : उपेन्द्र यादव

    बिहिवार, २३ असोज २०७६, आहाखबर

    सप्तरी, २३ असोज

    समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण हुनुपर्नेमा जोड दिनुभएको छ । सप्तरीको राजविराजमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले यी दुई पार्टीबीचको एकीकरण गर्नु बाहेक विकल्प नभएको बताउनुभयो । 

    राजनीतिक विकल्पको रुपमा अब समाजवादी पार्टीमात्रै रहेको दाबी गर्नुहुँदै उहाँले राजनीतिक विकल्पको रुपमा रहेको समाजवादी पार्टीसँग एकताका लागि समयमै विचार पु¥याउन राजपालाई आह्वान गर्नुभयो । संविधान संशोधन गरेर मुलुकलाई निकास दिने जिम्मेवारी वर्तमान सरकारको रहेकोले संशोधनको विषयलाई गम्भीरतापूर्वक लिनसमेत उहाँले आग्रह गर्नुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast