आईतवार, कार्तिक ३, २०७६
    राज्य-समाज

    प्रहरी हिरासतमा रहेका महरा अस्पताल भर्ना

    बिहिवार, २३ असोज २०७६, आहाखबर

    काठमाडौँ, २३ असोज 

    यौन दुर्व्यवहारको आरोपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नर्भिक अस्पताल भर्ना गरिएको छ ।

    श्वास फेर्न गाह्रो भएपछि उहाँलाई दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ । उच्च रक्तचाप र मधुमेहबाट पीडित महरालाई हिरासतमा पनि अक्सिजन दिएरा राखिएको थियो । 

    बिहीबार बिहानदेखि उहाँलाई श्वास फेर्न गाह्रो भएको र अवस्था जटिल देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । महरामाथि संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको आरोप लगाएर प्रहरीमा उजुरी दिएपछि १९ गते महाअष्टमीको दिन उहाँलाई सभामुख निवास वालुवाटारबाटै प्रहरीले पक्राउ गरेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast