काठमाडौं, २३ असोज
सबै मानिसहरुको धनी बन्ने चाहना हुन्छ। तर केहीले मात्र त्यो मुकाम हासिल गर्न सकेका छन् । सत्य यो हो कि हामीलाई धनी हुनबाट रोक्नु भनेको सोचको भिन्नता हो ।
एक रिपोर्ट अनुसार तपाईंको सोचाईंले तपाईं धनी हुनुहुनेछ वा सामान्य जीवन बिताउन बाध्य हुनुपर्दछ भनेर देखाएको छ । केही खराब बानीले तपाईंको पैसालाई ओझेलमा पार्न सक्छ । केही खास बानीहरूले तपाईंलाई धनी बन्न मद्दत गर्दछ । स्वयं निर्मित करोडपति स्टीभ सीबोल्डका अनुसार प्रत्येक व्यक्तिसँग पैसा कमाउने र धनी बन्ने क्षमता हुन्छ ।
यद्यपि, प्रश्न के हो भने तपाईं धनी हुन चाहनु हुन्छ कि चाहानु हुँदैन ? स्टिभका अनुसार केही बानीहरू छन् जसले तपाईंलाई सफल हुन दिँदैन । यदि यो परिवर्तन गर्नुभयो भने धनी बन्ने बाटो खुल्नेछ । हामीले केही बानीहरुको बारेमा छलफल गरेका छौं । यी बानीहरु सुधारेमा धनी बन्न सक्नुहुनेछ ।
१ हाम्रो बानीलाई ध्यान राख्ने
सबैभन्दा पहिले तपाईं आफ्नो बानी सुधार्न आवश्यक छ । तपाईंको बानीले तपाईंलाई महान बनाउँछ । अधिक बचत, कम खर्च गर्ने र अनावश्यक ऋण नलिने बानी राम्रो हो । आर्थिक रूपमा शिक्षित व्यक्तिहरू पनि धेरै पटक खराब बानीको पासोमा पर्दछन् । जसले गर्दा वित्तीय अवस्थामा नरकात्मक असर पर्छ ।
२ अनुुसन्धान बिना सेयरमा लगानी गर्ने
सेयर बजारमा भएको तीव्र गिरावटले धेरै लगानीकर्ताहरूलाई चकित पारेको छ । नेपालको सेयर बजार निरन्तर ओरालो लागेको छ । केही समय अघि मात्रै नेप्से सूचक ११०० हाराहारीमा पुगेको थियो । यस्तो बेला के मा लगानी गर्ने कसरी गर्ने, कति गर्ने भन्ने आँकलन गर्नुपर्दछ । जसका लागि अनुसन्धान आवश्यक पर्दछ । यस्ता अनुसन्धान बिना सेयरमा लगानी गर्नाले तपाईंको सम्पूर्ण पैसा डुब्न सक्छ । लगानीकर्ताहरु प्रायः सेयर बजारबाट धनी बन्ने लोभमा आफ्नो पैसा डुबाउँछन् । जसको मुख्य कारण अनुसन्धान नगर्नु नै हो ।
४. आपतकालको लागि बचत नगर्ने
तपाईंको दैनिक खर्च लगातार बढिरहेको छ । धेरै चीजहरू जुन पहिला विलासी थिए अब आवश्यकता बनेका छन् । यस्तो, अवस्थामा आपतकालीन कोषमा मासिक खर्चको कम्तिमा छ गुणा रकम राख्नुपर्दछ । यसले आर्थिक संकटको स्थितिमा तपाईंलाई गुजारा गर्न सहयोग पुर्याउँछ । तपाईं ऋण लिनबाट बच्न पनि हुनुहुन्छ । यदी तपाईंसँग आपतकालीन कोष छैन भने, तपाईंलाई कहिलेकाहीँ धेरै समस्याहरू बाट गुज्रिनुपर्ने हुनसक्छ ।
५. अनुसन्धान बिना लगानी
नेपालमा करिब ९०% स्टार्ट अप लक्ष्यमा पुग्नु अघि बन्द हुन्छन् । यस्तो अवस्थामा तपाईं पनि आफ्नो काम सुरू गर्न चाहानुहुन्छ भने धेरै अनुसन्धान गरेर मात्र अगाडि बढ्नुहोस । साथी वा आफन्तको सल्लाहमा यस्तो योजनामा लगानी नगर्नुहोस् । धेरै आकर्षक रिटर्न वा चाँडै धनी हुने योजनाबाट टाढा रहनुहोस् ।
६. चाहिने भन्दा धेरै सपिङ गर्ने
यदी तपाईंले आवश्यकता भन्दा बढी सपिंङ गर्नुभयो भने पनि कहिल्यै धनी बन्न सक्नुहुन्न । स्वयं निर्मित करोडपति ग्रान्ट कार्दोन भन्छन्, ‘मैले व्यापार र लगानीबाट आर्जन नगरेसम्म मेरो पहिलो घडि तथा लग्जरी कार किन्न सकेको छैन ।“ करोडपति भए पनि, म अझै टोयोटा क्याम्रीमा सवारी गर्छु ।
७.चुनौती स्वीकार नगर्ने
यदी तपाईं धनी, सफल वा जीवनमा अगाडि बढ्न चाहनुहुन्छ भने अनिश्चितता वा चुनौतीको लागि तयार हुनुपर्छ । धनी मानिसहरू प्रायः आफूलाई असुरक्षित अवस्थामा आरामदायी स्थितिमा पाउँछन् । ।
८. अरुको पछि लाग्ने
यदी तपाईं सफल हुन चाहनुहुन्छ भने अरुको पछि नलाग्नुहोस् । अरुबाट सिक्नुहोस तर कपी नगर्नुहोस् । अरुको सपनाको पछि लाग्ने धेरैले गल्ती गर्छन् । ५ वर्षमा अनुसन्धान गरिसकेपछि थोमस सी कार्लेले भने, “धेरै व्यक्तिले अरूको सपनाको पछि लाग्ने गल्ती गर्छन् ।” जब तपाईं अरूको सपनाहरुमा जीउन थाल्नुहुन्छ, तपाईंले रोज्नु भएको पेशाबाट खुशी हुनुहुन्न, उनले थपे । यदी तपाईं अरूसँग प्रतिस्पर्धा गर्नुहुन्छ भने तपाईं कहिले पनि सफल हुन सक्नुहुन्न ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com