शुक्रबार, मंसिर २०, २०७६
    मुभी-थिएटर

    'वार'काे आक्रामक व्यापार, कति कमायाे एक हप्तामा ?

    बुधबार, २२ असोज २०७६, आहाखबर

    काठमाडौं, २२ असाेज । 

    बक्स अफिसमा ऋतिक रोशन र टाइगर श्रौफ स्टारर चलचित्र ‘वार’ ले आक्रामक व्यापार गरेको छ । याे चलचित्र  २ सय करोडको क्लव नजिक प्रवेश गरेको छ ।

    ट्रेड एनालिस्ट तरन आदर्शका अनुसार, चलचित्रको हिन्दी भर्सनले सोमवार भारतीय बक्स अफिसमा करिब २०.६० करोड रुपैयाँको व्यापार गरेको छ । उनका अनुसार, यस चलचित्रले सोमवारसम्ममा १८०.३० करोड रुपैयाँ कमाएको छ । 

    यसमा चलचित्रको तमिल र तेलुगू भर्सनको कारोबार पनि जोडिएको छ । भारतमा यस चलचित्रले कुल १८७ दशमलव ७५ करोड कमाएको उनले बताएका छन् । 

    गान्धी जयन्तीको अवसरका २ अक्टोवरमा रिलीज भएको सो चलचित्रको निर्देशन सिद्धार्थ आनन्दले गरेका हुन् ।  

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast