शुक्रबार, मंसिर २७, २०७६
    खेल संसार

    महिला साफ १५ : नेपाली फुटवल किशोरी आज भारतसँग भिड्दै

    बुधबार, २२ असोज २०७६, आहाखबर

    काठमाडौं, २२ असाेज ।   

    महिला साफ १५ वर्षमुनीको च्याम्पियनसिपमा बुधबार नेपाल र भारतसँग भिड्ने भएकाे छ । भुटानमा आयोजना हुने महिला साफ १५ वर्षमुनीको च्याम्पियनसिपमा आज नेपाल र भारतबीच प्रतिस्प्रधा हुने भएकाे हाे ।

    असोज २४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले त्यसको दुई दिनपछि असोज २६ गते आयोजक टोलीको सामना गर्नेछ। फाइनल असोज २८ गते हुनेछ।

    बुधबारदेखि असोज २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लागि नेपाली टोली हिजो भुटान प्रस्थान गरेको थियो।

    सात दिनसम्म चल्ने प्रतियोगितामा ४ देशको सहभागिता रहेको छ। नेपाल, आयोजक भुटान, बंगलादेश र भारतले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast