आईतवार, कार्तिक ३, २०७६
    राज्य-समाज

    ‘चट्याङसहित वर्षा हुन्छ, सतर्कता अपनाउनुस्’

    मंगलवार, २१ असोज २०७६, आहाखबर

    काठमाडौँ, २१ असोज

    मंगलबार राति पूर्वदेखि पश्चिमसम्मै देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सामान्य सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

    मौसमविद्का अनुसार मंगलबार राति मध्य र पूर्वका थोरै स्थान तथा पश्चिम पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने सम्भावना छ।

    मंगलबार साँझ मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सामान्य सतर्कता अपनाउन आग्रह गरेको हो।

    पश्चिम बंगालआसपास रहेको न्यून चापीय क्षेत्रका कारण पूर्व तथा मध्य र पश्चिमी वायुका कारण पश्चिमी क्षेत्रमा मौसम बदली र वर्षा हुने भएको हो।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast