आईतवार, कार्तिक ३, २०७६
    सावधान

    मोटरसाइकलले ठक्कर दिंदा चितवनमा एक महिलाकाे मृत्यु

    मंगलवार, २१ असोज २०७६, आहाखबर

    भरतपुर, २१ असाेज ।

    मोटरसाइकलले ठक्कर दिंदा चितवनमा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाँउपालिका–६ की ७० वर्षीया इजली मिया रहेकी छन् ।

    इच्छाकामना गाँउपालिका–६ पाँचकिलोमा मुग्लिनबाट नारायणगढतर्फ आउँँदै गरेको ग ७ प १९९६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी मियाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

    ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast