आईतवार, कार्तिक ३, २०७६
    यातायात

    यी हुन् प्रहरीका निःशुल्क बस चल्ने रुट

    सोमबार, २० असोज २०७६, आहाखबर

    काठमाडौं, २० असाेज । 

    नेपाल प्रहरीले दुई रुटमा निःशुल्क बस सञ्चालन गरिरहेको छ। प्रहरी प्रधान कार्यालयले दशैंमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रूटमा बस सञ्चालन गर्न लागेको हो। 

    प्रहरीले महाअष्टमीदेखि टीकाका दिनसम्म बिहान ११ : ०० देखि साँझ ४ : ०० बजेसम्म सञ्चालन गर्ने बस सेवामा रुट नं १ मा नक्साल, जय नेपाल, दरबारमार्ग, रत्नापार्क, नागस्थान, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर र पुतलीसडक छन्।

    यस्तै, रुट नं २ मा मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार छन्। प्रहरीले चाडपर्वका समयमा यात्रुको सहजताका लागि दुई बस सञ्चालन गर्न लागेको प्रहरी प्रधान कार्यालयले जनाएको हो।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast