बुधबार, असोज २९, २०७६
    खेल संसार

    'गेम चेन्जर’ करण केसीकाे चमत्कार, नेपालसँग हार्‍याे नेदरल्यान्ड्स

    सोमबार, २० असोज २०७६, आहाखबर

    काठमाडौं, २० असाेज । 

    केही वर्षदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य हुन् करण केसी । उनलाई फास्ट बलरको रुपमा टिममा राख्ने गरिएको छ । 

    तर, उनको बलिङको स्तरमा अहिलेसम्म पनि प्रश्न उठ्ने गर्छ । हुन पनि धेरै म्याचहरुमा उनी खर्चिला र विकेटविहिन हुने गरेका छन् ।

    बरु करणले आफ्नो ब्याटबाट नेपाललाई अहिलेसम्मकै महत्वपूर्ण जित दिलाएको गर्विलो क्षण छ । गत वर्ष १४ फेब्रुअरीमा भएको क्यानाडाविरुद्धको म्याचमा उनले नेपाललाई ‘चमत्कारिक’ जित दिलाएका थिए । आईसीसी वल्ड क्रिकेट लिग डिभिजनको २ को त्यही जितले नेपाललाई एक दिवसीय स्टाटस दिलाउने ढोका खोलेको थियो ।

    नेपाली टोलीले त्यस्तै कमाल फेरि एकपटक गरेको छ । टोलीको जितमा करण केसी नायक बने ।ओमानमा जारी पाँच देश सम्मिलित टि ट्वान्टी क्रिकेट सिरिजमा नेपालले सोमबार नेदरल्यान्ड्समाथि ४ विकेट जित निकालेको छ । टि ट्वान्टीमा नेदरल्यान्ड्माथि यो पहिलो जित हो । देश भित्र र बाहिर रहेका नेपाली दशै मनाउने क्रममा रहँदा नेपाली क्रिकेट टोलीले अर्को खुसी दिएका छ ।

    १ सय ३४ रनको लक्ष्य पछ्याएको नेपालले १९।५ ओरमा ६ विकेट गुमाउँदै महत्वपुर्ण जित निकालेको हो ।  विस्फोटिक ब्याटिङ गरेका करणले १४ बलमा तीन छक्का र १ चौकाको मद्दतमा अविजित ३१ रन बनाए । कप्तान पारस खड्काले टोलीका लािग सर्वाधिक ३३ रन बनाए भने अघिल्लो दिन अर्धशतक पुरा गरेका विनोद भण्डारीले २६ रन जोडे । नेदरल्यान्ड्सका लागि भान डेर मर्वीले २ विकेट लिए ।

    अन्तिम ओभरमा नेपाललाई जितका लागि १७ रनको आवश्यकता थियो । करणले त्यहि आफ्नो कमाल देखाए । उनलाई सोमपाल कामीले साथ दिए रहेका थिए । करणले पहिलो बलमा छक्का प्रहार गरे । दोस्रो बलमा रन जाड्न सकेनन् । तेस्रो बलमा ४ रन लिएका करणले चाथौ बलमा छक्का प्रहार गर्दै स्कोललाई बराबरी बनाए । पाँचौं बलमा १ रन जोड्दै उनले नेपाललाई सानदार जित दिलाए ।

    नेपालले पहिलो विकेटका लागि पवन सर्राफ र पारसले २५ रनको साझेदारी गरेका थिए । पवन ९ रनमा आउट भए । त्यसपछि आरिफ शेखपनि लामो समय टिक्न सकेनन् । उनको ब्याटबाट मात्र २ रन निस्कियो । त्यतिबेला नेपालको खातामा २ विकेटको क्षतिमा २९ रन थियो । त्यसपछि आएका उप कप्तान दीपेन्द्र सिंह ऐरी ८ रनमा आउट भए ।

    पारसले टोलीका ३३ रन जोडे । पारस आउट हुँदा नेपाल ७४र४ को अवस्थामा थियो । त्यस पछि क्रिस सम्हाल्न पुगेका रोहित कुमार पौडेल पनि धेरै टिक्न सकेनन् । उनल ५ रनमा आउट भए । अघिल्लो दिन अर्धशतक बनाएका विनोद भण्डारीले दुई पटक जीवनदान पाए । २६ रन जोड्दा उनी पनि आउट भए ।

    त्यसअघि नेपालले टस जितेर नेदरल्यान्ड्सलाई ब्याटिङको लागि निम्तो दियो । नेदरल्यान्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन जोडेको थियो । टोलीका लागि प्याट्रिक ओडिडले सर्वाधिक ४३, कोलिन एकेर्मानले २९ र एन्टोनिउस स्कलले २१ रन जोडे । नेपालका लागि सन्दीप लामिछानले ४ विकेटल लिए ।

    ब्याटिङमा चम्कनु अघि करणले ४ विकेट लिए भने ललित नारायण राजवंशीले १ विकेट लिए । सिरिजमा नेपालले लगातार दुई खेलमा दुई जित निकालेको छ । आइतबार नेपालले हङकङलाई ४ विकेटले हराएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast