बुधबार, असोज २९, २०७६
    खेल संसार

    टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज : नेदरल्याण्डसँग भिड्दै नेपाल

    सोमबार, २० असोज २०७६, आहाखबर

    काठमाडौं, २० असाेज ।

    टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल आज नेदरल्यान्डसँग भिड्ने भएकाे छ ।ओमानमा पाँच राष्ट्र सम्मिलित टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सँग प्रतिस्पर्धा गर्ने भएकाे हाे । 

    पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपाल दोस्रो जितको खोजीमा हुनेछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपाली समयअनुसार ११ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ ।

    आइतबार हङकङविरुद्धको खेलमा विनोद भण्डारीले उत्कृष्ट व्याटिङ गर्दै टोलीलाई जित दिलाएका थिए  । नेदरल्यान्ड्स पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो ।

    नेपालले अर्को खेल असोज २२ गते आयरल्याण्डसँग र अन्तिम खेल असोज २३ ओमानसँग खेल्नेछ । ओमानले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्यान्ड्स र आयरल्याण्ड सहभागी छन । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast