बुधबार, कार्तिक ६, २०७६
    सावधान

    बिजेपीका नेता रविन्द्र खरात, उनका दुई छोरा र भाइसहित पाँच जनाको निर्मम हत्या

    सोमबार, २० असोज २०७६, आहाखबर

    महाराष्ट्र, २० असाेज ।

    भारतको महाराष्ट्रमा भारतीय जनता पार्टीका नेता रविन्द्र खरातसमेत पाँच जनाको अज्ञात समूहले हत्या गरेको छ ।

    खरातसहित उनका भाइ सुनील र दुई छोराहरु रोहित र प्रेमसागर तथा एक अन्य व्यक्तिको समेत हत्या भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

    जसमा दुई जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । आक्रमणकारीले बन्दुक र चक्कुले अन्धाधुन्द आक्रमण गरेका थिए ।

    रविन्द्र खरात भुसावल शहरस्थित समतानगर परिसरमा आफ्नो घरबाहिर बसिरहेका बेला यो हमला भएको हो ।

    गोली पड्केको आवाज सुनेपछि उनका भाइ सुनील बाबू राव खरात बाहिर आएका थिए । हमलाकारीले उनीमाथि पनि गोली चलाए । सुनील ज्यान जोगाउन छिमेकीको घरमा घुसेपछि त्यहाँ पनि गोली वर्षाइएको थियो ।

    लगत्तै उनीहरुले रविन्द्रका दुवै छोरा र श्रीमतीमाथि चक्कु प्रहार गरे । घटनापछि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ।

    देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast