आईतवार, कार्तिक ३, २०७६
    राज्य-समाज

    गैँडाको आक्रमणबाट एकको मृत्यु

    सोमबार, २० असोज २०७६, आहाखबर

    भरतपुर, २० असोज ।
    चितवनमा गैडाँको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका–४ बस्ने ७२ वर्षीय गोरे कुमालको गैँडाको आक्रमणबाट आइतबार साँझ मृत्यु भएको हो । 

    रत्ननगर नगरपालिका–११ स्थित पञ्चकन्या सामुदायिक वनको पिकनिक स्पोटमा निउरो खोज्न गएका कुमाललाई  गैँडाले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast