बुधबार, कार्तिक ६, २०७६
    बिदेश

    अविवाहित विदेशी जोडीलाई साउदी अरबका होटलमा बस्ने अनुमति

    सोमबार, २० असोज २०७६, आहाखबर

    काठमाडौँ, २० असोज  । 
    अविवाहित विदेशी जोडीले अबदेखि साउदी अरबका होटलमा एउटै कोठामा बस्न पाउने भएका छन्।

    कट्टर इस्लामिक कानुन भएको साउदी अरबमा प्रवेशाज्ञासम्बन्धी नयाँ कानुन ल्याइएपछि पुरानो नियममा परिवर्तन हुन लागेको हो।

    नयाँ कानुनअनुसार महिलाहरूले पनि एक्लै होटलमा बस्न पाउनेछन्।

    यसअघि महिला र पुरुषले होटलमा एउटै कोठमा बस्न विवाहित भएको प्रमाण पेस गर्नुपर्ने नियम थियो।  पर्यटन उद्योगलाई प्रवर्धन गर्न साउदी सरकारले नियम परिवर्तन गरेको हो।

    यसअघि होटलमा सँगै बस्न जोडीहरूले विवाहित भएको प्रमाण देखाउनुपर्थ्यो। तर अब त्यो नियम विदेशीहरूका लागि खुकुलो बनाइएको छ।

    "सबै साउदी नागरिकलाई होटलमा बस्न जाँदा परिवारको परिचयपत्र वा उनीहरूबीचको सम्बन्ध प्रष्ट पार्ने खालका केही प्रमाण देखाउन आग्रह गरिएको छ," पर्यटन र राष्ट्रिय सम्पदा हेर्ने साउदी निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    "विदेशी पर्यटकहरूको हकमा भने यो नियम लागु हुँदैन। सबै महिलाहरू, साउदी अरबकै नागरिकहरूले पनि एक्लै होटलमा बस्न पाउनेछन्। तर यसका लागि उनीहरूले आफ्नो परिचय खुलाउनुपर्नेछ।"

    हालै सार्वजनिक भएको प्रवेशाज्ञासम्बन्धी नयाँ नियममा विदेशी महिला पर्यटकले पूरै शरीर ढाक्नु नपर्ने तर उनीहरूको वस्त्र शालीन हुने अपेक्षा गरिएको उल्लेख छ। तर साउदी अरबमा मदिरा अझै पनि प्रतिबन्धित छ। बीबीसीबाट

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast