आईतवार, कार्तिक ३, २०७६
    धर्म-संस्कृति

    महानवमी पर्व आज, सर्वसाधारणका लागि तलेजु भवानीकाे मन्दिर खुल्दै

    सोमबार, २० असोज २०७६, आहाखबर

    काठमाडाैं, २० असाेज ।

    वडादशैंको नवौं दिन शुक्रबार महानवमी मनाइँदैछ। महानवमीका दिन शिद्धिरात्री भगवतीको पूजाआराधना गरिन्छ।

    दशैंको नवौं दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरूआदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ।

    काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast