बुधबार, कार्तिक ६, २०७६
    बैंक-बीमा

    बडा दसैंकाे दिन पनि २५ बैंककाे केही मुख्य शाखा सञ्चालन हुने

    सोमबार, २० असोज २०७६, आहाखबर

    काठमाडौं, २० असाेज ।

    दशैं विदामा २१ वाणिज्य बैंकहरु र चार विकास बैंक गरी कुल २५ बैंकले आफ्नो मुख्य केही शाखा कार्यलय सञ्चालन गर्ने भएका छन् ।

    त्यस्तै केही बैंकहरुले विजया दशमीका दिनमा समेत बैंकको शाखा खुल्ला राखेर सेवा दिने जनाएका छन् । ग्राहकको सुविधालाई ध्यान दिदै बैंकलाई ३ सय ६५ दिन नै खुल्ला राख्ने नीति अनुरुप बैंकहरुले दशैंका दिन पनि काउन्टरहरु खुल्ला राख्न लागेका हुन् ।

    त्यस्तै केही बैंकहरुले दशैंको दक्षिणा मोबाइल बैंकिङ मार्फत दिएमा १० प्रतिशत सम्म दक्षिणा स्वरुप पद्रान गर्ने घोषणा समेत गरेका छन् । त्यस्तै काठमाडौं उपत्यकामा टिकाको दिन निशुल्क बस सेवा दिने लगायतका घोषणा समेत बैंकहरुले गरेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast