बुधबार, कार्तिक ६, २०७६
    बिदेश

    मोदी सरकार भारत पेट्रोलियम कर्पोरेशन निजी कम्पनीलाई बेच्दै

    सोमबार, २० असोज २०७६, आहाखबर

    नयाँ दिल्ली, २० असाेज ।

    भारतको केन्द्र सरकारले सरकारी स्वामित्वको पेट्रोलियम कम्पनी भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड बिपिसिएलको प्रस्तावित पूर्ण निजीकरणको बाटो खुल्ला गरेको छ।

    प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वका सरकारले केही समय पहिले भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड बिपिसिएललाई राष्ट्रिकरण गर्ने सम्बन्धी कानूनलाई रद्द गरिदिएको छ।

    यससँगै मोदी सरकारले बिपिसिएल निजी वा विदेशी कम्पनीलाई बेच्नका लागि संसदसँग अनुमति लिनुपर्ने छैन। मोदी सरकारले प्रस्ताव गरेको निरसन एवं संशोधन कानून २०१६ अनुसार एक सय ८७ वटा पूराना कानुन खारेज गरिएको छ।

    सन् १९७६ कानुन पनि मोदी सरकारले खारेज गरिदिएको छ। भारतीय कानुनका जानकारहरुले बिपिसिएलको रणनीतिक बिक्रीका लागि अब संसदको मञ्जुरी लिन आवश्यक नरहेको बताएका छन्।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast