सोमबार, कार्तिक ४, २०७६
    सार्क

    अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा करिब ९० तालिबान मारिए

    आईतवार, १९ असोज २०७६, आहाखबर

    एजेन्सी, १९ भदौ 

    अफगानिस्तानको तहार प्रान्तमा तालिबान लडाकूविरुद्ध गत २४ घण्टाभित्र भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ८९ तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले शनिबार जानकारी दिएको छ । 
     
    ‘तालिवानको बिरूद्ध अफगानिस्तानमा चलिरहेको सुरक्षा कारबाहीमा धेरै इलाकाहरुबाट तालिबान पछि हट्न बाध्य भएका छन्  ।

     विगत २४ घण्टामा तहार प्रान्त मात्र ८९ तालिबानी मारिए र ६७  जना घाइते भएका मन्त्रालयका प्रवक्ता रोहउल्लाह अहमदजाई एक पत्रकार सम्मेलनमा बताउनु भएको छ । 

    अफगानिस्तान लामो समयदेखि अस्थिर सुरक्षा अवस्थाबाट पीडित रहेको छ । तालिबान लडाकू समूह अफगान  सरकारसँग युद्धरत रहेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast