बुधबार, असोज २९, २०७६
    खेल संसार

    इंग्लीस प्रिमियर लिगमा आज ४ खेल हुँदै (तालिकासहित)

    आईतवार, १९ असोज २०७६, आहाखबर

    काठमाडाैं, १९ असाेज ।

    इंग्लीस प्रिमियर लिगमा आइतबार चार खेल हुँदैछन्। आज चेल्सी, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र चेल्सीजस्ता बलिया टोली मैदान उत्रँनेछन्।

    प्रिमियर लिगमा आठौं चरणको खेल जारी रहँदा अहिलेसम्मको अंकतालिका अनुसार २४ अंक भएको लिभरपुल शीर्ष स्थानमा छ।

    १६ अंक भएको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ भने समान १४–१४ अंक भएका लेस्टर सिटी र क्रिस्टल प्यालेस गोल अन्तरका आधारमा तेस्रो र चौथो स्थानमा छन्।

    यताे छ खेल तालिका 

    १. आर्सनल र एएफसी बर्नमाउथः राति ६ बजेर ४५ मिनेटमा

    २. म्यानचेस्टर सिटी र उल्भरह्याम्पटन : राति ६ बजेर ४५ मिनेटमा

    ३. साउथह्याम्पटन र चेल्सीः राति ६ बजेर ४५ मिनेटमा

    ४. न्युक्याश्चल युनाइटेड र म्यानचेस्टर युनाइटेडः राति ९ बजेर १५ मिनेटमा

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast