बुधबार, कार्तिक ६, २०७६
    सावधान

    सभामुख काण्ड

    कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतले दियाे अनुमति

    आईतवार, १९ असोज २०७६, आहाखबर

    काठमाडौं, १९ असाेज ।

    कृष्णबहादुर महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका उनी विरुद्व पक्राउ पुर्जी जारी गरिएकाे हाे ।

    प्रहरी स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतबाट आज महराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी ज्ञान कार्कीले जानकारी दिए । 

    महरााविरुद्ध शुक्रबार जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएको थियो । पीडित भनिएकी महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी हुन् । 

    गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् । उनले महरा आफ्नो कोठामै नआएको दाबी गरेकी थिइन् । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ । 

    आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । महराले आफू रोशनीको कोठामा नगएको दाबी गर्दै आएका छन् ।

    आइतबार राति नै पीडित महिलाले महराले बलात्कार गरेको भन्दै प्रहरीमा खबर गरेकी थिइन् । खबरलगत्तै महानगरीय प्रहरी वृत्तका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा महरा भने त्यहाँ थिएनन् । प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast