बुधबार, कार्तिक ६, २०७६
    कला-सौन्दर्य

    यस्ताे छ सलमान खानले दिपिकासँग अहिलेसम्म काम नगर्नुकाे कारण

    आईतवार, १९ असोज २०७६, आहाखबर

    मुम्बई, १९ असाेज ।

    बलिउडमा सुपरस्टार सलमान खानसँग अहिलेसम्म सबै टप एक्ट्रेसहरुले काम गरिसकेका छन्, तर यो लिस्टमा दीपिका पादुकोणको नाम भने छैन् । 

    हालै मिडियासँग अन्तर्वार्ता गर्ने क्रममा सलमानलाई दीपिकासँग किन फिल्ममा काम नगरेको भन्ने प्रश्न सोधिएको थियो, जसमा सलमान खानले जवाफ दिएका छन् । 

    डिएनएसँगको कुराकानीमा सलमानले दीपिकाको सवालमा मुस्कुराउँदै जवाफ दिए ‘म पनि दीपिकासँग कहिले काम गर्न पाउँछु भनेर आतुर छ ।’

    आफ्नो पुरानै ठट्यौली शैलीमा सलमानले भने ‘अहिलेसम्म दुवैको कास्टिङका लागि कोही काम लिएर अगाडि आएकै छैनन् ।’ उनले थपे ‘दीपिका बिग स्टार हुन्, मसँग काम गर्न कहानी पनि उत्कृष्ट हुन जरुरी छ, अहिलेसम्म कसैले पनि हामी दुवैको लायकका कुनै काम लिएर आएका छैनन् ।’

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast