आईतवार, कार्तिक ३, २०७६
    बैंक-बीमा

    चल्न थाल्यो एक बैंकको कार्ड अर्को एटिएममा

    आईतवार, १९ असोज २०७६, आहाखबर

    काठमाडाैं, १९ असाेज ।

    चिनिया ह्याकरले एटिएम ह्याक गरी पैसा चोरी भएयता नेप्स स्वीच अन्तर्गतका एक बैंकको कार्ड अर्को बैंकको एटिएममा नचल्ने भएका थिए ।

    ह्याकरले  नेप्सको सिस्टम नै ह्याक गरी विभिन्न बैङ्कको रकम चोरेपछि बन्द रहेको अन्तर बैङ्क एटीएम सेवा शुरु भएको छ । 

    दसैँ तिहारलाई मध्य नजर गर्दै अन्तर बैङ्क एटीएम खुला भएको हो ।  नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा १८ बैक आबद्ध छन् । यी सबै बैङ्कको एक बैङ्कको एटीएम अर्को बैङ्कमा चल्न थालेको छ । 

    प्रभु, माछापुच्छ्रे, ग्लोबल आइएमई, सनराइज, एनबी, जनता, सिटिजन, बैङ्क अफ काठमाण्डू, एनआइसी एशिया, प्राइम, सिद्धार्थ लगायतका बैङ्कहरु नेप्समा आवरुद्व छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast