आईतवार, कार्तिक ३, २०७६
    राज्य-समाज

    वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यकाे निधन

    आईतवार, १९ असोज २०७६, आहाखबर

    काठमाडाैं, १९ असाेज ।

    वरिष्ठ टेलिभिजन पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ। उनको ६१ वर्षको उमेरमा शनिबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

    उनी कलेजोसम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए। केहि दिन अगाडी वीर अस्पतालमा उनको उपचार भएको थियो। उपचारपछि घर फर्किएका आचार्यलाई पुनः सो समस्याले च्यापेपछि  शनिबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

    नेपाल टेलिभिजनमा २०४४ सालबाट सेवा सुरू गरेका आचार्य पछिल्लो दुई वर्षदेखि न्यूज २४ मा समाचार प्रमुखका रूपमा कार्यरत थिए।

    त्यस्तै उनले लामो समयसम्म पत्रकारिता केन्द्रीय विभाग रत्नराज्य लक्ष्मी कलेजलगायतमा पत्रकारिता विषयको प्रशिक्षणमा समेत सक्रिय थिए।

    परिवारमा उनको एक छोरी, श्रीमती र आमा छन्। उनको छोराको केही समय पहिले अमेरिकामा हृदयाघातका कारण निधन भएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast