आईतवार, कार्तिक ३, २०७६
    यातायात

    दसैंमा सेनाको नि:शुल्क बस सेवा, यस्ताे छ रुट

    आईतवार, १९ असोज २०७६, आहाखबर

    काठमाडाैं, १९ असाेज ।

    नेपाली सेनाले दसैंको टीकाको दिनमा निस्शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।दसैंका बेलामा सवारी साधन थोरै मात्रामा चल्ने भएकाले निस्शुल्क सवारी साधनको व्यवस्था गरिएको सेनाले जनाएको हो।

    सेनाले सात वटा रूटमा बसहरू चलाउने जानकारी दिएको छ। बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सेनाका बसहरू सञ्चालन हुनेछन्।

    यसअघि नेपाल प्रहरीले पनि अष्टमीदेखि दशमीसम्म निःशुल्क बस चलाउने जानकारी दिएको थियो।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast