बुधबार, कार्तिक ६, २०७६
    बिदेश

    किन भयाे इमरान खानलाई सत्तामा टिक्न मुश्किल ?

    आईतवार, १९ असोज २०७६, आहाखबर

    इस्लामाबाद, १९असाेज ।

     पाकिस्तानका प्रधानमन्त्री इमरान खान अहिले देशमा चौतर्फी आलोचनाको शिकार बनिरहेका छन् । 

    एकातर्फ सेनाप्रमुखले अधिकारक्षेत्र नाघेर व्यापारीहरूसँग बैठक गरिरहेका छन् भने अर्कातर्फ उग्रवादी नेता फजलुर रहमान पनि उनीविरुद्ध मैदानमा ओर्लिएका छन् । 


    कुनै बेला इमरान खानले सेना र उग्रवादीहरूको साथ पाएका थिए तर अहिले यी दुवै उनलाई सत्ताबाट हटाउन सुगबुगाइरहेको देखिन्छ । 

    जमीयत उलेमा–ए–इस्लामका प्रमुख फजलुर रहमानले स्वतन्त्रता आन्दोलनको घोषणा गरेर समस्या बढाइदिएका छन् । रहमानले शनिवार स्वतन्त्रता आन्दोलन सरकारविरुद्ध युद्ध भएको घोषणा गरे । सरकार पतन नहुन्जेल आन्दोलन जारी रहने उनले बताए । पेशावरमा प्रेस सम्मेलनमा उनले भने, ‘पूरा देश हाम्रो युद्धक्षेत्र हुनेछ ।’

    विपक्षी नेता ख्वाजा आसिफले पनि इमरान सरकारविरुद्ध आक्रमण गर्दै देशको अर्थतन्त्र सुस्त भएको र कूटनीति पनि सफल नभएको बताए । इमरानले गफ मात्र गरेको र काम नगरेको उनले आरोप लगाए । कश्मीर विषयमा कुनै पनि देशले पाकिस्तानको साथ नदिएकोमा इमरान दोषी रहेको उनले बताए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast