आईतवार, कार्तिक ३, २०७६
    राज्य-समाज

    प्रधानमन्त्री ओलीको प्रत्यक्ष कमाण्डमा चीनका राष्ट्रपति सिको भ्रमण तयारी

    आईतवार, १९ असोज २०७६, आहाखबर

    काठमाडौँ, १९ असोज । 
    चीनका राष्ट्रपति सि जिनपिङ् स्वागतका लागि तीब्र तयारी जारी छ । दुई देशबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध सुदृढ गर्ने अबसरका रुपमा सरकारले भ्रमणको तयारी गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष कमाण्डमा भ्रमणको भौतिक, सुरक्षालगायतका तयारी भइरहेको छ । 

    भारतमा एकरात बसेर सि २५ असोजमा नेपाल आउने तय भएको छ ।  सिको भ्रमणको सुरक्षा र राजकीय सवारीको अभ्यास भोलि गरिँदैछ । नेपाली सेना, कर्मचारीसहितको टोलीले त्रिभुवन अन्तराष्र्टिय विमानस्थलमा सि ओर्लिएपछि उनको सवारी, गार्ड अफ अनरको अभ्यास गर्ने छ । 

    सुरक्षा स्रोतका अनुसार एयरपोर्टमा सिको विशेष विमान उत्रिएपछि  सिलाई होटल सोल्टी पुर्याइने कार्यक्रम छ । त्यहाँ केही बेर आरामपछि उनको सवारी शीतल निवासमा हुनेछ । शीतल निवासमा भेटवार्ता सकेर सि होटल सोल्टी फर्किनेछन् । बाँकी सबै भेटवार्ता त्यहीँ हुनेछन् । सिको सवारीपूर्व तीन घण्टा सडक बन्द हुनेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast