सोमबार, मंसिर ३०, २०७६
    बैंक-बीमा

    दसैं बिदामा पनि बैंकहरु खुल्ला रहने

    आईतवार, १९ असोज २०७६, आहाखबर

    काठमाडौँ, १९ असोज । 
    दसैं बिदामा पनि बैंकहरूले ग्राहकलाई सेवा दिने भएका छन् । सेवा सञ्चालन हुने शाखा, कर्मचारीको आलोपालो र सुरक्षा प्रबन्ध मिलाइसकेको बैंकहरूले जनाएका छन् । 

    चाडपर्वको समयमा ग्राहक बैंकिङ कारोबारबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले बिदाका दिनमा पनि सेवा दिने तयारी गरिएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए ।

    ‘अरु दिनमा जसो सबै स्थानका शाखा सञ्चालन गर्न सकिँदैन,’ उनले भने, ‘ग्राहकको बढी चहलपहल हुने स्थानका शाखा, प्रमुख व्यापारिक स्थानका शाखा ९मागअनुसार० मार्फत वित्तीय सेवा दिइनेछ।’ अहिले बैंक तथा वित्तीय संस्थाले हरेक दिन विभिन्न माध्यममार्फत २४सै घण्टा बैंकिङ सेवा दिइरहेको ढुङगानाले बताए। ‘यसपालिका दसैं बिदामा पनि ग्राहकले आफ्नो नजिकको बैंकमा गएर रकम झिक्ने र राख्ने काम गर्न सक्छन्,’ उनले भने, ‘यसका लागि ग्राहक बैंकहरूले तोकेको समय र शाखामा जानुपर्नेछ।’

    दसैंमा पैसाको कारोबार धेरै हुन्छ। त्यसकारण पैसा झिक्न र राख्नका लागि पनि बैंक तथा वित्तीय संस्थाको आवश्यकता पर्छ। सेवाग्राहीको यही आवश्यकता सम्बोधन गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरूले विगतका वर्षहरूमा जस्तै यस वर्षको दसैं बिदामा पनि कार्यालय खुला राख्ने भएका हुन्। बैंकहरूले टीकाका दिनबाहेक सबै बिदाका दिन दैनिक २ देखि ३ घण्टा तोकिएका निश्चित कार्यालय खुला राख्नेछन्। तर, ३ सय ६५ दिनमै बैंकिङ सेवा दिने बैंकले टीकाको दिन पनि बैंक खोल्ने तयारी भएको अध्यक्ष ढुंगानाले बताए।

    बैंकिङ क्षेत्रको विकास र विस्तारसँगै पछिल्ला वर्षहरूमा बैंकहरूबीच प्रतिस्पर्धा पनि बढ्दै गएको छ। बढ्दो प्रतिस्पर्धाले सेवाको विविधता र गुणस्तर बढाएको छ। परिणाम बैंक तथा वित्तीय संस्थाले २४सै घण्टा बैंकिङ सेवार३६५ दिनमै बैंकिङ सेवा दिइरहेका छन्। यसपालिको दसैंमा पनि सेवाग्राहीलाई कसरी धेरैभन्दा धेरै सेवा दिने भन्ने प्रतिस्पर्धामा बैंकहरू जुटेका छन्। बैंकले दसै बिदाका दिन सेवा दिए पनि कार्यालय खोल्ने समय फरक–फरक हुने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए। ‘बैंकले ग्राहकको माग, सुरक्षा, कर्मचारी व्यवस्थापनलगायत पक्षलाई ध्यानमा राखेर उपयुक्त समयमा कार्यालय खोल्ने तालिका बनाएका छन्,’ उनले भने, ‘ग्राहकले आफ्नो खाता रहेको बैंकले तोकेको समय र शाखामा गएर बैंकिङ कारोबार गर्न सक्छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast