सोमबार, कार्तिक ४, २०७६
    राज्य-समाज

    पदोन्नति भएका सैनिक अधिकारीलाई दज्यानी चिह्न

    शनिबार, १८ असोज २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौँ, १८ असोज

    उपरथीमा पदोन्नति हुनुभएका दुई सैनिक अधिकारीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।
     
    मन्त्रिपरिषद्को असोज १७ को निर्णयानुसार उपरथीमा पदोन्नति हुनुभएका निरीक्षण अधिकृतको कार्यालयका सहायक रथी अशोकराज सिग्देल र पश्चिम पृतनाका सहायक रथी गोकुल भण्डारीलाई आजै प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

    साथै नेपाली सेनाले पदोन्नति हुनुभएका उपरथी सिग्देललाई निरीक्षण अधिकृतको कार्यालयमा निरीक्षण अधिकृत र भण्डारीलाई पश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको नेपाली सेनाले आज विज्ञप्तिमार्फत जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast