आईतवार, कार्तिक ३, २०७६
    कला-सौन्दर्य

    फेवा किनारामा अन्तराष्ट्रिय कला प्रदर्शनी

    शनिबार, १८ असोज २०७६, आहाखबर

    पोखरा, १८ असोज

    फेवाताल किनारास्थित नगेन आर्ट लाउन्ज बारमा भारत–नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरु भएको छ । यही असोज २८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा भारतको आगरा, पन्जाब, राजस्थान, चण्डिगढ, दिल्ली लगायतका ११ विदेशी कलाकार र पोखराका नौ कलाकारको संयुक्त प्रदर्शनी गरिएको छ ।

    नगेन आर्ट लाउन्ज बारका अध्यक्ष नमा खाँण ठकुरीका अनुसार बिहानदेखि बेलुुकासम्म प्रदर्शनी अबलोकन गर्ने व्यवस्था मिलाइएको छ । नेपालीहरूको महान चाड दशैँको अवसर पारी आयोजित प्रदर्शनीमा २० कलाकारका ३३ कलाकृति राखिएका उहाँले जानकारी दिनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast