बुधबार, असोज २९, २०७६
    यातायात

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखबाट राजकुमार क्षेत्री हटाइए

    शनिबार, १८ असोज २०७६, आहाखबर

    काठमाडौं, १८  असोज 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखबाट राजकुमार क्षेत्रीलाई हटाइएको छ ।

    महाप्रबन्धक राजकुमार क्षेत्रीलाई नेपाल नागरिक उडड्यन प्राधिकरणको सचिवालयमा तानिएको हो ।

    क्षेत्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निर्देशनमा प्राधिकरण सरुवा गरिएको जनाइएको छ ।

    प्राधिकरणले विमानस्थल कार्यालयका वरिष्ठ सहायक प्रमुख सुरेशमान सिंहलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast