बुधबार, कार्तिक ६, २०७६
    बिदेश

    हङ्‍कङमा मास्क प्रतिबन्धित भएसँगै विरोध झन् उर्लियो

    शनिबार, १८ असोज २०७६, आहाखबर/एजेन्सीहरु.

    काठमाडौं, १८ असोज । 

    हङ्‍कङ सरकारले मास्क लगाउन प्रतिबन्ध लगाएसँगै त्यहाँका हजारौँ नागरिक शुक्रवारदेखि स्वतस्फूर्त विरोध प्रदर्शनमा सहभागी हुन थालेका छन्।

    हङ्‍कङमा महिनौँदेखि चलेको सरकारविरोधी प्रदर्शन साम्य पार्ने बिभिन्न उपाय गर्दै आएकी प्रमुख कार्यकारी क्यारी लामले औपनिवेशिककालीन कानुन अहिले त्यहाँ प्रयोग गरेकी हुन्।

     

    यस्तो छ कारण

    यसै अक्टोबर महिनाको १ तारिखका दिन एक प्रहरी अधिकृतले त्यहाँका १४ वर्षीय प्रदर्शनकारीलाई गोली हानेपछि हुनसक्ने उग्र प्रदर्शनलाई ध्यानमा राखेर मास्क प्रतिबन्ध लगाइएको बुझिएको छ ।

    खुट्टामा गोली लागेका ती युवाको अवस्था गम्भीर रहेको वर्तमान अवस्थामा यस प्रतिबन्धलाई अर्थपूर्ण रणनीतिकारुपमा हेरिएको समेत बताइएको छ।

    हाल हङ्‌कङको धेरै स्थानमा विरोध साम्य भएपनि केही स्थानमा भने अझै जारी रहेको छ।

    यसअघि मास्कमाथिको प्रतिबन्धको सूचना जारी भएपछि विरोध शुरू भएको थियो। कैयौं प्रदर्शनकारी कार्यालयबाट चाँडो निस्केर विरोधमा सहभागी भएका थिए। केही प्रदर्शनकारीले सडकमा अवरोध गर्दै चिनियाँ झण्डा जलाउनुका साथै तोडफोड समेत गरेका थिए। त्यस्तै, शुक्रवार नै त्यहाँको रेल सेवाले सबै सेवा शनिवारसम्मका लागि बन्द गरेको थियो।


    यसकारण मास्क प्रतिबन्ध

    महिनौँदेखि हङ्‌कङमा चलेको प्रदर्शनमा धेरै प्रदर्शनकारीले मास्क लगाएर आफ्नो परिचय लुकाउने गरेको बताइन्छ। साथै उनीहरुले अश्रुग्याँसबाट बच्न पनि त्यसो गरेको दाबी गरिएको छ । 

    प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीचको द्वन्द्व बढ्दै गएपछि दशकौँ प्रयोग नगरिएको कानुन प्रयोग गरेर शुक्रवार मध्यरातीदेखि लागु हुने गरि प्रतिबन्ध लगाइएको हो।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast