बुधबार, कार्तिक ६, २०७६
    स्वास्थ्य

    पछिल्लोपटक स्वास्थ्य सेवामा पाँच हजार स्वास्थ्यकर्मीको गुनासो

    शुक्रबार, १७ असोज २०७६, आहाखबर
    काठमाडौँ, १७ असोज
     
    स्वास्थ्य सेवाका समायोजनमा गुनासो गर्ने कर्मचारीको सङ्ख्या पछिल्लो पटक पाँचहजारको हाराहारीमा पुगेको छ । 
     
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजन भई पदस्थापनापत्र पाइसकेका कर्मचारीलाई कुनै गुनासो भए प्रमाण र कारणसहित निवेदन दर्ता गराउन आजसम्मको समयसीमा निर्धारण गरेको थियो । आज ३ बजेसम्ममा करीब चार हजार ९०० ले मन्त्रालयमा निवेदन दर्ता गराएका मन्त्रालयले जनाएको छ । 
     
    आज गुनासो दर्ता गराउने अन्तिम समयसीमा हो । मन्त्रालयले पछिल्लोपटक असोज ९ गते सूचना जारी गरी पदस्थापना पाइसकेका कर्मचारीलाई समायोजनसम्बन्धी कुनै गुनासो भएमा निवेदन दिन भनेको थियो । गुनासो गर्नेमा स्वास्थ्य सेवाका तल्लो निकाय स्थानीय तहमा कार्यरत अनमी र अहेवले वढी भएको बताइएको छ । 
     
    निवेदनको दशँैपछि अध्ययन, विश्लेषण गरी पर्याप्त कारण र आधार भएमा समायोजन संशोधन गर्ने मन्त्रालयले जनाएको छ । अनमी र अहेवको समायोजनसंगै स्वास्थ्य सेवाका सबै समायोजन प्रक्रिया सकिने मन्त्रालयका जनस्वास्थ्य प्रमुख शम्भु काफ्लेले जानकारी दिनुभयो ।  
     
    अधिकांश कर्मचारीले आफू कार्यरत  स्वास्थ्य सस्थामा नै  समायोजन गरिदिन निवेदन हालेका छन् ।  गुनासो दर्ता गराइएकी अनमी लक्ष्मी सुनुवारले भन्नुभयो, “अनमी र अहेव भनेका स्वास्थ्य सेवाका तल्लो तहका महत्वपूर्ण पद हुन । यी पदमा कार्यरत स्वास्थ्यकर्मीलाई अपायक स्थानमा समायोजन गर्दा स्वास्थ्य सेवामा असर पर्छ । आफू कार्यरत  स्वास्थ्य सस्था वा कार्यालयमा नै समायोजन भएमा सेवाको प्रभावकारिता आउँछ ।”
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast