आईतवार, कार्तिक ३, २०७६
    कला-सौन्दर्य

    बलिउड

    यी हुन् क्याट्रिनाको नयाँ प्रेमी ! बलिउडमा फैलियो तरङ्ग

    शुक्रबार, १७ असोज २०७६, आहाखबर

    काठमाडौँ, १८ असोज

    केही समययता बलिउडमा क्याट्रिना कैफको नयाँ प्रेमीको विषयमा चर्चा चुलिएको छ। सुपरस्टार सलमान खान र रणवीर कपुरसँगको प्रेम सम्बन्धको चर्चा नसकिँदै क्याट्रिना नयाँ प्रेमीका साथ मायाको बन्धनमा बाँधिएकी छिन्।

    बलिउडमा चर्चा छ कि, विक्की कौशलसँग क्याट्रिना ‘डेट’ गर्दैछिन्। पछिल्लो समय उनीहरु नजिकिएका हुन्। तर, क्याट्रिना र विक्कीले यो विषयमा औपचारिक पुष्टि गरिसकेका छैनन्।

    केही सातायता उनीहरु एकसाथ कार्यक्रमहरुमा सहभागी भइरहेका छन्। करण जोहरको शो ‘कफी विथ करण’मा पनि विक्कीले क्याट्रिना कैफसँग ‘डेट’ जाने इच्छा प्रकट गरेका थिए।

    क्याट्रिना र विक्की सोही अन्तरवार्तापछि नजिकिएको टिप्पणी पनि केही भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। यी दुईको प्रेम प्रसंगले बलिउडमा हंगामा मच्चिएको छ।

    विक्की कौशल फिल्म क्षेत्रमा उदाउँदा स्टार हुन्। उरी, सञ्जु, मनमर्जियाँ, राजी लगायतका फिल्ममा विक्कीको उम्दा अभिनय रह्यो। बक्स अफिसमा ती फिल्मको शानदार उपस्थिति रहेको थियो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast