सोमबार, कार्तिक ४, २०७६
    स्वास्थ्य

    यसरी चिया पिउनु स्वास्थ्यको लागी हानिकारक

    बिहिवार, १६ असोज २०७६, आहाखबर

    काठमाडौँ, १६ असोज

    जति खेर पाए त्यति खेर भने चिया पिउनु उत्तम रहँदैन । किनकि, गलत समयमा चिया पिउँदा त्यसले स्वास्थ्यमा धेरै नकारात्मक असर पुर्‍याउन सक्छ  त्यसैले आउनुहोस् चर्चा गरौँ आखिर कस्ता समयमा चिया पिउनु उचित हुँदैन त ।

    बेड टी :

    जुन व्यक्तिको बेडमै बसेर चिया पिउने बानी हुन्छ, त्यस्ता व्यक्तिको शरीरमा एसिडको मात्रा मात्रै बढाउँदैन, मुखको स्वास्थ्यलाई पनि प्रभावित गर्छ ।

    खानापछि चिया :

    यदि कुनै व्यक्तिको खाना खाइसके पश्चात् पनि चिया पिउने आदत छ भने पनि त्यस बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले पाचन प्रक्रियामा गम्भीर असर पार्नका साथै शरीरले प्रोटीन र आयरनलाई राम्ररी पाउँदैन ।

    सुत्नअघि चिया :

    सुत्नु अघि चिता तथा कफी पिउनु उचित हुँदैन l किनकि यसमा क्याफिन हुन्छ, जुन अनिन्द्रा जस्ता रोगको कारण बन्न सक्छ । यसको मात्राले शरीरमा कोर्टिसोल नाम तत्वलाई बढाउँछ, जसकारण मुटुसँग सम्बन्धित समस्या र मधुमेह जस्ता रोगहरू निम्त्याउने गर्छ l

    आइरन र क्याल्सियमसँग चिया :

    के तपाईँ आइरन र क्याल्सियमको मिश्रण लिनुहुन्छ? यदि लिनु हुन्छ भने त्यस बखत चिया पिउनु उचित हुँदैन । किनकि एकै समयमा चिया र आइरन–क्याल्सियमको मिश्रण लिनाले मिश्रणको सबै फाइदा नाश हुनेछ l

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast