बुधबार, असोज २९, २०७६
    धर्म-संस्कृति

    बडा दसैं

    टीकाको साइत मङ्गलबार बिहान १०:२३ बजे

    बिहिवार, १६ असोज २०७६, आहाखबर

    काठमाडौं, १६ असाेज । 

    बडादसैंमा टीकाको साइत असोज २१ गते मङ्गलबार बिहान १०ः२३ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको यो साइतलाई गुठी संस्थान काठमाडौं जिल्ला शाखाले बडादशैँ मनाउने सूचनाका लागि जानकारी गराएको छ ।

    महानवमीको दिन हनुमानढोकास्थित तलेजु मन्दिर बिहान ४ बजेदेखि नै सर्वसाधारणको दर्शनका लागि खुला हुने व्यवस्था गरिएको छ ।

    हनुमानढोका दरबार गद्दी बैठक छेउको कडेल्चोक भगवतीमा पनि भक्तजनले दर्शन गर्न सक्नेछन् । पशुपतिस्थित राजराजेश्वरीमा लगाइएको होमको प्रसाद पनि भक्तजनले लगाउन पाउनेछन् । यहीँ रहेको पाँचटाउके महादेव दर्शनका लागि राजराजेश्वरी पीठ खुला गरिएको छ ।

    संस्थान काठमाडौं शाखा प्रमुख शैलेन्द्र पौडेलका अनुसार संस्थानअन्तर्गतका दक्षिणकाली, कङ्केश्वरी, शोभा भगवती, मैतीदेवी, गुह्येश्वरी, नक्साल भगवती लगायत सबै शक्तिपीठमा भक्तजनको सुविधाका लागि स्थानीय व्यवस्थापन समितिलाई क्रियाशील गरिएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast