बुधबार, कार्तिक ६, २०७६
    मुभी-थिएटर

    ​दशैँमा पनि राजेश हमाललाई कामको चटारो !

    बुधबार, १५ असोज २०७६, आहाखबर

    काठमाडौँ, १५ असोज

    नेपालको महान चाड दशैं आम सर्वसाधारणसँगै पर्दामा देखिने सबै कलाकारहरुलाई पनि लागेको छ । तर, अभिनेता राजेश हमाललाई भने यति खेर कामको चटारो छ । राजेश एकपछि अर्काे म्यूजिक भिडियोमा व्यस्त छन् ।

    टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपति ?’ सकिएपछि उनी अहिले देश तथा विदेशमा हुने विभिन्न कार्यक्रममा व्यस्त छन् । उनले चलचित्रबाट आफुलाई टाढा राखेर म्यूजिक भिडियो गरिरहेका छन् । उनले आफ्नो पछिल्लो समय रिलिज भएको चलचित्र “सकुन्तला” र “बागमती” असफल भएपछि कुनै चलचित्र साइन गरेका छैनन् ।

    उनको यसपाली दशैं धनकुटामा मनाउने योजना थियो तर लगातार पूर्वतिरको वर्षको कारण उनको त्यो योजना असफल भएको छ । हमला धनकुटा त्यहाँ हुने एक कार्यक्रममा सहभागी हुन जान लागेका थिए । 

    १६ वर्ष अगाडि विजयादशमीको दिन आमाको निधन भएका कारण हमला एकादशीको दिन मात्र टीका लगाउँछन् । उनले विवाहपछि अहिलेसम्म दशैँमा ससुराली नगएपनि ज्वाईंलाई गरिने मानमनितो र स्वागत सत्कार आफूलाई रमाइलो लाग्ने जनाएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast