मंगलवार, मंसिर ३, २०७६
    राज्य-समाज

    ‘भ्रष्टाचार नियन्त्रण गर्न जनता सचेत हुनुपर्छ’

    बुधबार, १५ असोज २०७६, आहाखबर
    काठमाडौँ, १५ असोज 
     
    पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नागरिक सचेत नभएसम्म भ्रष्टाचार रोक्न नसकिने बताउनुभएको छ ।
     
    ‘मिसन नेपाल’ नामक संस्थाको आयोजनामा आज काठमाडौँमा भएको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा उहाँले अहिलेको अवस्था हेर्दा भ्रष्टाचार रोकिने स्थिति नदेखिएकोसमेत उल्लेख गर्नुभयो । “अहिले देख्दा भ्रष्टाचार रोकिँदैन, एउटा वडाध्यक्षको चुनाव लड्न एक करोड खर्च गर्नुपर्ने अवस्था छ, अनि कसरी रोकिन्छ भ्रष्टाचार”, पूर्वप्रधानमन्त्री चन्दले भन्नुभयो । 
     
    उहाँले भ्रष्टाचार रोक्न जनतालाई चेतनशील बनाउनुपर्नेमा जोड दिनुभयो । मुलुकमा समावेशी अवधारणालाई अर्कैरुपमा व्याख्या गरिएकामा चिन्ता प्रकट गर्दै उहाँले एकता र मानवता कायम गर्ने गरी समान अवसर प्रदान गर्नु नै समावेशी हो भन्दै अहिले व्यक्तिव्यक्ति बीचको फुट ल्याउने गरी समावेशीतालाई प्रयोग गरिएको बताउनुभयो । 
     
    कार्यक्रममा मिसन नेपालका अध्यक्ष केपी शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार मुलुकलाई परिवर्तन गर्न स्वतन्त्ररुपमा संस्था खोलेर जनतालाई सचेत बनाउने प्रयास थालिएको बताउनुभयो । सो क्रममा सामाजिक क्षेत्रमा योगदान पु¥याउने विभिन्न क्षेत्रका २५ जनालाई सम्मान गरिएको थियो । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast