सोमबार, कार्तिक ४, २०७६
    साहित्य

    गजल

    खडेरीले खोली पनि सुक्छ जस्तै भाछ

    बुधबार, १५ असोज २०७६, -सुवास चन्द्र भण्डारी.

    खडेरीले खोली पनि सुक्छ जस्तै भाछ
    कि कतै जिन्दगी नै चुक्छ जस्तै भाछ।

    सत्य भन्दा झुट धेरै बिक्छन् शहरमा
    देखिएका सत्य पनि लुक्छ जस्तै भाछ।

    इज्जतको मापन पनि धनले गरिन्छ
    गरिबीले गर्दा शिर नुग्छ जस्तै भाछ।

    अल्मलिन थालिसके जीवनका पाइला
    गन्तव्यहीन बाटोतिरै पुग्छ जस्तै भाछ।

    जता हेर्यो अस्त-व्यस्त हेरिसक्नु छैन
    देशकै पिरले मन-मुटु दुख्छ जस्तै भाछ।

     


    धुस्कुन्-४,सिन्धुपाल्चोक
    हाल-पेप्सीकोला,काठमाण्डौ

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast