आईतवार, कार्तिक ३, २०७६
    कला-सौन्दर्य

    बलिउड अभिनेत्री कंगना रनौतकी दिदिमाथि एसिड प्रहार, यस्तो छ घटना

    बुधबार, १५ असोज २०७६, आहाखबर

    काठमाडौँ, १५ असोज 

    बलिउड अभिनेत्री कंगना रनौतकी दिदि रंगोली चन्देल   सोशल मिडियामा निकै सक्रिय छिन् । ट्रोलरहरूले उचित जवाफ दिन वा कुनै पनि विषयमा आफ्नो कुरा राख्न  रंगोली कहिल्यै पछि हट्दिनन ।

    हालै, उनले ट्विटरमा आफ्ना केही पुराना तस्विरहरू शेयर गरेकी छन्, जसमा उनले आफ्नो जीवनको एक समयको बारेमा बताएकी छन् ।

    रंगोलीले सर्वप्रथम उनकी आमा र कंगनासँगको एउटा पुरानो फोटो शेयर गरिन् । त्यसपछि उनले कलेजको दिनको तस्वीर शेयर गरिन्, जसमा उनी एकदम साधारण देखिन्छिन् । यस तस्वीरमा रंगोलीले लेखिन्, 'हामीले हाम्रो बाल्यकालको तस्विरका लागि धेरै राम्रो प्रतिक्रिया पायौं। धेरै साथीहरूले मलाई कलेज तस्वीरहरू मागि रहेका छन् । तब हामी विज्ञानका विद्यार्थीहरू थियौं। तब हामीसँग यी सबै चीजहरूको लागि समय थिएन। अर्को एक बार्षिक उत्सवको तस्वीर भेटाइएको छ ।'

    अर्को ट्वीटमा  रंगोलीले लेखिन्, 'यस तस्वीरपछि एक केटाले मलाई प्रस्ताव गरेको थियो। जब म केटाको प्रस्ताव अस्वीकार गरे, उसले ममाथि १ लीटर एसिड फ्याँकिदियो। यस पछि मेरो ५४ पटक शल्यक्रिया भयो ।  यो यकारण गरिइो किनकि हाम्रा आमा बुबाले सुन्दर, बुद्धिमान र आत्मविश्वास भएका छोरीहरूलाई जन्म दिनुभयो। यो संसार बालिकाहरूको लागि राम्रो छैन, सामाजिक कुरितिबिरुद्ध लड्न समय आइसकेको छ । यसले हाम्रा बच्चाहरूलाई सुरक्षा दिनेछ ।'

    अर्को ट्वीटमा रंगोलीले लेखिन्, यस हमलापछि मेरो एक आँखा बिग्रयो, जस पछि मेरो रेटिना ट्रान्सप्लान्ट भयो
    । मेरो एउटा स्तन पूर्ण रूपमा बिग्रियो, जसको लागि मेरो शरीरको विभिन्न भागबाट छाला लिएर मेरो छाला तयार पारिएको थियो । पछि मेरी छोरी पृथुलाई स्तनपान गराउन मलाई धेरै समस्या भएको थियो। तर यी सबै चीजहरूको दौरान मेरो श्रीमान्, बहिनी र परिवारले मलाई धेरै समर्थन गरे ।'

    ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। 

    यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast