बुधबार, असोज २९, २०७६
    खेल संसार

    त्रिकोणात्मक सिरिज : नेपाल घरेलु टोली सिंगापुरसँग भिड्दै

    बुधबार, १५ असोज २०७६, आहाखबर

    काठमाडाैं, १५ असाेज ।

    त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल आज घरेलु टाेली सिंगापुरसँग भिड्ने भएकाे छ । नेपालले आफ्नो अन्तिम तथा चौथो खेलमा आज घरेलु टोली सिंगापुरसँग खेल्ने भएकाे हाे ।

    खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो । तेस्रो खेलमा जिम्बावेसँग ४० रनले पराजित हुन पुग्यो । यता नेपालसँग पराजित भएपनि सिंगापुरले टेष्ट टोली जिम्बावेलाई ४ रनले पराजित गर्दै इतिहास रचेको थियो । जिम्बावेलाई हराएको सिंगापुरको मनोबल उच्च देखिन्छ ।

    सिंगापुरले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले २४ बल अगाडी १ विकेट क्षतिमा पुरा गर्दै सहज जित हात पारेको थियो । उक्त खेलमा कप्तान पारस खड्काले ५२ बलमा ९ छक्का र ७ चौका सहित १ सय ६ रनमा अविजित रहँदै इतिहास रचेका थिए । पारस टि२० मा शतक प्रहार गर्ने नेपालका पहिला खेलाडी हुन् । आजको खेलमा पनि पारसबाट ठूलो आसा गरिएको छ ।

    नेपाल ३ खेलमा १ मा जित र २ मा हारका साथ दोस्रो स्थानमा छ । जिम्बावे ३ खेलमा २ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा छ । सिंगापुर २ खेलमा १ मा जित र १ मा हारका साथ पुछारमा छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast