बुधबार, कार्तिक ६, २०७६
    बिदेश

    'अटेरी' उत्तर कोरियाद्वारा फेरि मिसाइल प्रक्षेपण

    बुधबार, १५ असोज २०७६, आहाखबर

    सिउल, १५ असोज । 

    उत्तर कोरियाले बुधबार पुनः मिसाइल प्रक्षेपण गरेको छ । 

    दक्षिण कोरियाका अधिकारीहरुले जनाए अनुसार उत्तर कोरियाले प्रक्षेपण गरेको मिसाइल ओन्सन बन्दरगाह नजिकैबाट ९१० किमीको दूरी पार गर्दै जापानी समुद्रमा पुगेको थियो ।  

    जापानका प्रधानमन्त्री शिन्जो अबेले उत्तर कोरियाको यो काम संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को संकल्प प्रस्तावको उल्लंघन हो । सो प्रस्तावमा उत्तर कोरियालाई बलिस्टिक मिसाइल प्रयोगमा रोक लगाइएको छ । 

    यो मिसाइल प्रक्षेपण गर्नुअघि उत्तर कोरियाले यो हप्ताको अन्त्यमा अमेरिकासँग वार्ता सुरु हुने संकेत गरेको थियो ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast