बुधबार, कार्तिक ६, २०७६
    विज्ञान/प्रविधि

    के हो 4G ? मोबाइलमा कसरी एक्टिभेट गर्ने ?

    बुधबार, १५ असोज २०७६, आहाखबर

    काठमाडौं, १५ असोज । 

    फोरजीे ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात् चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि हो, जुन मोबाइल इन्टरनेट प्रविधिमा स्थापित भइसकेको छ ।

    बिहीबारबाट काठमाडौंबाहेकका धेरैजसो मुख्य शहरहरुमा औपचारिक रुपमा फोरजी एलर्टी सेवा सुरुआत हुँदैछ । अहिले टेलिमकले ती शहरीमा परीक्षणका रुपमा फोरजी सेवा एक्टिभ गरिसकेको छ ।

    नेपाल टेलिकमका अनुसार ३२ जिल्लाका मुख्य महानगर र नगरपालिकाहरुमा फोरजी सेवा विस्तार गरिए पनि कुन–कुन शहर भन्ने जानकारी बेलुकी मात्रै हुने छ ।

    हालसम्म टेलिकमले काठमाडौं र पोखरामा मात्रै फोरजी सेवा उपलब्ध गराउँदै आएको थियो । 

    हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहक *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् ।

    ग्राहकले *444# डायल गर्दा आफ्नो सिम फोरजी सेवाका लागि परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् । यो नम्बरमा रिक्वेष्ट गर्दा फोरजी सेवा एक्टिभ नहुने अवस्थाको सिम भए नयाँ लिन अनुरोधसहित नोटिफिकेशसन आउनेछ ।

    र, ग्राहकले नजिकैको टेलिकमको ग्राहक सोव केन्द्रमा गएर सिम परिवर्तन गर्न सक्नेछन् । यस्तो सिम लिँदा ग्राहकले एक रुपैयाँ पनि पैसा तिर्नुपर्दैन ।

    पहिलोपटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधिसहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ ।

    स्वभाविक रुपमा फोरजी थ्रीजीभन्दा तीव्र गतिको हुन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू)को मापदण्ड अनुसार १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेटसहितको सेवालाई फोरजी भनिन्छ । विभिन्न देशमा टेलिकमहरुले १ सय एमबीभन्दा कम क्षमतामै फोरजी सेवाका रुपमा चलाइरहेका छन् ।

    फोरजी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टीभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन् ।

    फोरजी सेवा सुरु लिनु भनेको मोबाइलमै तीव्र गतिको इन्टरनेट पाउनु हो । जसले गर्दा मोबाइलबाटै बिना बफरिङ टाइम भिडियो र विभिन्न अनलाइन कन्टेन्ट हेर्न सकिन्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast