बुधबार, कार्तिक ६, २०७६
    आर्थिक खबर

    स्याउ भन्दा महंगाे भयाे प्याज, कति पुग्याे किलाेकाे ?

    बुधबार, १५ असोज २०७६, आहाखबर

    काठमाडौं, १५ असाेज ।

    नेपालमा प्याजकाे भाउ दिन प्रतिदिन बढ्दै गएकाे छ । आज भाउ किलाेकाे १ सय ५० पुगेकाे छ । बजारमा प्याज स्याउ भन्दा महंगाे भएकाे उपभाेक्ताहरूकाे भनाइ छ ।

    ‘प्याजको कति हो साहु जी १ आजसम्म १५० रुपियाँ हो तर भोलि कति पुग्छ थाहा छैन’ कीर्तिपुर चोकका तरकारी व्यापारी सन्तोष तामाङले मङ्गलबार बिहान प्याज किन्न आएका ग्रहाकलाई दिएको जवाफ हो यो ।

    यसै पनि महँगिएको प्याज भारतका सञ्चारमाध्यमबाट आइतबार नेपालमा प्याज नपठाउने समाचार सार्वजनिक भएसँगै सोमबार बिहानैदेखि झनै महँगो भएको छ । यसको असर थोकदेखि खुद्रासम्म परेको छ । व्यापारीले यसअघि नै खरिद गरेर राखेको प्याजको समेत कृत्रिम अभाव गराएर महँगो भाउमा बिक्री वितरण गर्न थालेका छन् ।

    हुन पनि गत वर्ष यो बेला प्रतिकेजी ३० रुपियाँ थोकमा पाइएको प्याज आइतबारसम्म प्रतिकेजी १०० रुपियाँसम्ममा थोकमा कारोबार भएको थियो भने मङ्गलबार थोक बजारमै पनि प्रतिकेजी १२० रुपियाँ पुगको छ । खुद्रा भाउ झनै मनपरी छ ।

    कालीमाटीमा मात्रै दैनिक २२ देखि २५ टन प्याज भारतबाट आयात हुने गरेकोमा मङ्गलबार तीन टन मात्रै आएको व्यवसायीले बताएका छन् । व्यवसायीका अनुसार भारतबाट प्याज आउन ठप्प भएको छ तर भन्सारमा आइसकेका मात्रै आउने क्रममा रहेकाले फाटफुट आइरहेका छन् ।

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेल कालीमाटी बजारमा मङ्गलबार तीन टन मात्रै प्याज आएकाले बजारमा यसको अभाव देखिएको बताउँछन् । दैनिक २२/२४ टन प्याज आउने गरेको बजारमा तीन टन आउँदा त हामी भारतसँग मात्रै परनिर्भर रहेको र त्यहाँ रोक लगाएपछि बजारमा अभाव भएको उहाँको भनाइ छ ।

    प्याज अन्य देशमा निर्यात गर्दा भारतमै महँगो भएको भन्दै भारतीय नागरिकबाट चर्को विरोध भएपछि भारत सरकारले त्यहाँको प्याज निर्यातमा रोक लगाएको छ । यसको प्रत्यक्ष असर नेपालमा परेको छ ।

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast