बुधबार, कार्तिक ६, २०७६
    सावधान

    स्रोत नखुलेको चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ

    मंगलवार, १४ असोज २०७६, आहाखबर

    जलेश्वर, १४ असोज

    महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा पर्ने खैरा चोकबाट आज प्रहरीले स्रोत नखुलेको चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३८ वर्षीय कैलाश साह रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । बडादशैँको मौका छोपी नेपाली र भारतीय रुपैयाँको अवैध सटही कारोवार भइरहेकाले साहलाई पक्राउ गरिएको हो । “रकमको स्रोत नखुलेकाले पक्राउ गरिएको हो”, अधिकारीले भन्नुभयो । साहलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast