बुधबार, कार्तिक ६, २०७६
    आर्थिक खबर

    ह्वातै घट्याे सुनकाे मूल्य, कति छ आज ?

    मंगलवार, १४ असोज २०७६, आहाखबर

    काठमाडौं, १४ असाेज । 

    नेपाली बजारमा मंगलवार सुनको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतिताेला  ८ सय रुपैयाँले घटेकाे हाे ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलवार छापावाल सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार छापावाल सुनमा ८ सय रुपैयाँको गिरावट आएको हो । सोमवार छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै मंगलवार तेजावी सुन प्रतितोला ६८  हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    महासंघका अनुसार, मंगलवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलवार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast