शनिबार, मंसिर २८, २०७६
    स्वाद/परिकार

    बाँसको तामाको तपाईं अचार, तरकारी वा सुप, के खानुहुन्छ ? यस्ता छन् फाईदा

    मंगलवार, १४ असोज २०७६, आहाखबर

    काठमाडौँ, १४ असोज ।

    बाँसको तामाबाट विभिन्न परिकार बनाउछ सकिन्छ । बाँसको टुसालाई सीधै तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, तामाको अचार (मेसो) पनि लोकप्रिय छ । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ । खानाको सुरुवाती अर्थात् एप्पिटाइजर सलादका रूपमा समेत यो उपयोगी छ ।

    विदेशीले भने तामाको सुप धेरैथरीका बनाउँछन् ।नेपालमा आलु–बोडी–तामाको तरकारी बढी प्रचलित छ ।यो अत्यन्तै मिठो हुन्छ ।बाँसको तामा पनि एक किसिमले गुन्दु्रक खाँदेजसरी नै बनाइन्छ । सर्वप्रथम, तामे बाँसको कलिला मुन्टा भाँचेर ल्याउने र स–साना टुक्रा बनाउने ।

    केही समय घाममा सुकाएर मोल्ने अनि सफा माटोको भाँडो वा डिब्बामा हावा नछिर्ने गरी बन्द गरेर राखिदिने । यसरी जति लामो समय राख्यो, त्यति नै तामामा अम्लीयपन बढ्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast