बुधबार, कार्तिक ६, २०७६
    कला-सौन्दर्य

    कुमारले भने - मैले हारेको महसुस गरेको थिएँ

    मंगलवार, १४ असोज २०७६, आहाखबर

    काठमाडौं, १४ असोज ।

    बलिउड स्टार अक्षय कुमारले आफ्नो फिल्मी करिअरमा रोमान्टिक, एक्सन, कमेडी, देशभक्तिको कथानकमा बनेका फिल्ममा जबरजस्त अभिनय गरेका छन् । अक्षयलाई आज बलिउडकै टप एक्टर्सको लिस्टमा राखिने गरिन्छ ।

    कमैलाई थाहा छ कि आफ्नो करिअरको सुरुवातमा अक्षयले एक अभिनेताको रूपमा छाप पार्न धेरै संघर्ष गर्नुपरेको थियो ।

    एक बलिउड सञ्चारमाध्यमसँगको नयाँ अन्तर्वार्तामा अक्षयले संघर्षका दिनबारे कुरा गरेका थिए । अक्षयले बताएका छन् कि एक समय यस्तो भएको थियो जब उनको १४ वटा फिल्म फ्लप भएका थिए । यसपछि उनलाई लाग्यो, एक अभिनेताको रुपमा उनको करिअरनै सकियो।

    अक्षयले भने, 'मैले हारेको महसुस गरेको थिएँ। तर त्यस समय मार्सलआर्टको ट्रेनिङ मेरो लागि काम आयो । यसलाई आफूलाई अनुशासनमा रअन सिकाउँछ।'  १४ फिल्म लगातार फ्लप भएपछि उनले धेरै कुरा सिकेको अक्षयले बताए। 

    अहिले अक्षय प्रदर्शनको नजिक रहेको फिल्म 'हाउसफूल ४'को प्रमोसनमा व्यस्त छन् । अक्षयले यस फिल्मको मजाक उडाउँदै भने, ' जब मलाई ब्रेक चाहिन्छ तब म हाउसफूल फिल्म गरिरहेको हुन्छु । यो कमेडी जनराको फिल्म हो ।  मेले फिल्म सुटिङमा बहुत मस्ती गरेँ।'

    'हाउसफूल ४' २५ अक्टोबर २०१९मा रिलिज हुँदैछ । यस फिल्मको साजिद नाडियाडवालले निर्माण गरेका हुन्।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast