बुधबार, कार्तिक ६, २०७६
    आर्थिक खबर

    चार हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

    सोमबार, १३ असोज २०७६, आहाखबर

    काठमाडौँ, १३ असोज

    आर्थिक वर्ष २०७५÷०७६ मा करीव चार हजारभन्दा बढी निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । 

    राष्ट्रिय किताबखाना (निजामती)का निर्देशक राजेन्द्र पराजुलीले चार हजार २९८ जना कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जानकारी दिनुभयो । 

    आव शुरु भएको ६० दिनभित्र सवै भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउने समयसीमा तोकिए पनि सवै कर्मचारीले विवरण बुझाएनन् । 

    भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष शुरु भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारका नाममा रहेको सम्पत्तिको विवरण बुझाउनुपर्ने व्यवस्था छ । 

    निर्देशक पराजुलीले अझ एक महीना विशेष परिस्थतिका लागि सम्पत्ति विवरण बुझाउन समय दिइएको बताउनुभयो । गत वर्ष ८४ हजार ४०० कर्मचारीले सम्पत्ति विवरण बुझाएका थिए ।  ऐनअनुसार सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच हजार जरिवाना गर्ने व्यवस्था रहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast